काठमाडौं- प्रभु ग्रुप्सको मुख्य लगानीमा स्थापना भएको हाइड्रो होल्डिंस लिमिटेडले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
प्रभु ग्रुप्सले बैंकिङ, इन्स्योरेन्स, पर्यटन, ट्रेडिङ्ग, विजनेसमा लगानी गर्दै आएको छ । ग्रुप्स कम्पनीले जलविद्युत विकासमा मात्र केन्द्रित गरी मुख्य नेतृत्व प्रभु ग्रुप्सको नै रहने गरी यो कम्पनी स्थापना गरेको थियो ।
यस कम्पनीको अधिकृत पूँजी दुई अर्ब पाँच करोड रहेको छ भने जारी पूँजी २ अर्ब र चुक्ता पूँजी एक अर्ब चालिस करोड हुनेछ । बाँकी रकम सर्वसाधारणबाट सार्वजनिक सेयर निष्कासन गरी कम्पनीले निकट भविष्यमा ६० करोड जुटाउने छ । उक्त साधारण सभाको अध्यक्षता गरिरहेका कम्पनीका अध्यक्ष भोजकुमार खड्काका अनुसार कम्पनीले अब ठूला परियोजनामा लगानी बढाउने छ ।
कम्पनीले बाजुरा जिल्लामा माथिल्लो बुढिगंगा–२ जलविद्युत आयोजना २३ मे।वा। र कालिकोट जिल्लामा जनटाडा जलविद्युत आयोजना ६.८ मेगावाटको जलविद्युत परियोजनालाई तीव्र गतिमा निर्माण गर्नेछ । यस कम्पनीले विभिन्न जलविद्युत परियोजनामा लगानी गरी रहेको छ । कम्पनीले आव २०८१र८२ मा माथिल्लो म्याग्दी जलविद्युत आयोजना–३७ मेगावाटमा समेत थप लगानी गरेको छ ।
गत आर्थिक वर्षमा कम्पनीले सञ्चालन आम्दानी ६ करोड २६ लाख गरेको थियो । यसै वर्ष नेपाल सरकारलाई ७९ लाख भन्दा बढी विभिन्न शीर्षकमा राजश्व भुक्तानी गरी योगदान पुर्याउनुका साथै ठूलो संख्यामा स्थानीयहरुलाई रोजगारी समेत प्रदान गरेको अध्यक्ष खड्काले जानकारी दिएका छन् ।
प्रतिक्रिया