एशियन थाई फुड्सद्वारा ‘डेभील्स हट चिकेन नुडल्स’ सार्वजनिक

आइतबार, १५ भदौ २०८२, १६ : ३१

काठमाडौं- २५ वर्षको सफल इतिहास बोकेको एशियन थाई फुड्सले नयाँ उत्पादन ‘डेभील्स हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ ।

कम्पनीले मसालाको सन्तुलन र स्वाद खोज्ने उपभोक्तालाई लक्षित गरी भदौ १६ गतेदेखि देशभर उपलब्ध हुने गरी यो नयाँ नुडल्स बजारमा ल्याएको हो । कम्पनीले ३० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ ।

‘नेपालकै सबैभन्दा मिठो स्वादा, यो डेभिलीसिअस छ’ भन्ने ट्यागलाइनसहित सार्वजनिक गरिएको नुडल्सले उपभोक्तालाई तीव्र, बलियो र सन्तुलित मसालेदार स्वादको नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

WhatsApp Image 2025-08-31 at 16.03.45 (1)

कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक आशिष जाजुले भने, ‘यो साधारण तत्कालिन नुडल्स मात्र होइन, स्वाद खोज्ने साहसी उपभोक्ताका लागि यो एक रोमाञ्चक स्वाद चुनौती पनि हो ।’ 

व्यवस्थापकीय निर्देशक महेश जाजुले भने, ‘निजी लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा रूपान्तरण र आगामी आईपीओ तयारीको क्रममा हामी नवप्रवर्तन र उपभोक्ताको रुचिअनुसार नयाँ स्वाद विकासमा प्रतिबद्ध छौं । डेभील्स हट चिकेन नुडल्सले नेपाल र अन्तर्राष्ट्रिय बजार दुवैमा स्थान बनाउन सक्छ भन्ने हाम्रो विश्वास छ ।’

कम्पनीका अनुसार ५० रुपैयाँमा उपलब्ध यो नुडल्सको पाँच प्याकको फ्यामिली प्याक २५० मा पाइनेछ । प्रत्येक प्याकमा चकलेट वेफर समेत थपिएको छ, जसले तातो स्वादपछि मिठासको अनुभव दिनेछ ।

यो उत्पादन भाटभटेनीलगायत प्रमुख खुद्रा पसलहरूमा तथा दराजजस्ता अनलाइन प्लेटफर्ममार्फत नेपालका ठूला सहरमा उपलब्ध हुनेछ ।

 
 
आइतबार, १५ भदौ २०८२, १६ : ३१

प्रतिक्रिया