एनआईबीएल इक्विटीद्वारा हिमालयन जाभामा २८.८ प्रतिशत सेयर खरिद

आइतबार, १५ भदौ २०८२, १६ : ३७

काठमाडौं- एनआईबीएल इक्विटीले नेपालको चर्चित क्याफे हिमालयन जाभाको २८.८ प्रतिशत सेयर खरिद गरेको छ । 

एनआईबीएल इक्विटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाण्डे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सेयर खरिद बिक्री सम्झौतामा हस्ताक्षर गरेका छन् । 

नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । हस्ताक्षर समारोहमा प्रमुख कार्यकारी अधिकृत पाण्डेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने बताए । 

त्यस्तै हिमालयन जाभाका संस्थापक प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको बताए । 

सन् १९९९ मा स्थापना भएको हिमालयन जाभा कफी ब्रान्डका नेपालमा ७० भन्दा बढी आउटलेट हरेका छन् भने १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट रहेका छन् ।

 
आइतबार, १५ भदौ २०८२, १६ : ३७

प्रतिक्रिया