सामसङ नेपालद्वारा ‘दशैंको मुड, सबै गुड’ अफर घोषणा

सोमबार, १६ भदौ २०८२, १२ : ४६

काठमाडौं- कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो विशेष अफर ‘दशैंको मुड, सबै गुड’ सार्वजनिक गरेको छ, जसमा टिभी र होम अप्लायन्स मा आकर्षक मूल्य अफर रहेको छ । 

यो सीमित समयको अफर भदौ २५ देखि असोज २४, २०८२ ९सेप्टेम्बर १०–अक्टोबर १०, २०२५० सम्म लागू हुनेछ। अफरअन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन्, साथै नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेडरएक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

अफरमा टी, ए, बी, सी, डी र एफ सिरिजका योग्य टिभीमा ३ वर्षको फुल वारन्टी र निःशुल्क प्रोफेशनल इन्स्टलेसन उपलब्ध छ । 

सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९ प्रतिशत सम्म इन्स्टन्ट क्यासब्याक पाइन्छ। छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभन उपहार पाइनेछ । 

लुगा धुने कामलाई छिटो र स्मार्ट बनाउन खोजेका घरपरिवारहरूले सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मेसिनमा २४ प्रतिशत सम्म इन्स्टन्ट क्यासब्याक सुविधा रहेको छ ।  जुन वाशिङ मेसिन खरिदमा डिटरजेण्ट उपहार पनि पाइन्छ ।

रेफ्रिजरेटर र वाशिङ मेसिनमा डीआटी मा २० वर्षको वारन्टी दिइन्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

 
 
सोमबार, १६ भदौ २०८२, १२ : ४६

प्रतिक्रिया