लक्ष्मी इलेक्ट्रोटेक प्रालिको वार्षिक व्हर्लपूल पार्टनर्स मीट सम्पन्न

सोमबार, १६ भदौ २०८२, १३ : ३८

काठमाडौं- लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रालिले आफ्नो वार्षिक व्हर्लपूल ‘पार्टनर्स मीट–२०२५’ कार्यक्रम आयोजना गरेको छ । 

नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी रहेको कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको व्हर्लपूल लिमिटेडका निर्देशक, की अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय, हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गरेका थिए । 

कार्यक्रमका क्रममा व्हर्लपूलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरूको प्रस्तुति गरेको छ । 

अध्यक्ष श्रेष्ठले डिलर नेटवर्कको प्रशंसा गर्दै भने, “हाम्रा व्यापार साझेदारहरू हाम्रो वृद्धिको मेरुदण्ड हुन् व्हर्लपूलको नवप्रवर्तनशील प्रविधि र बलियो वितरण नेटवर्कमार्फत हामी नेपाली घरपरिवारमा विश्वस्तरीय उपकरणहरू पु¥याउन प्रतिबद्ध छौं ।” 

त्यस्तै, हिमांशु जैनले नेपालप्रतिको प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी नेपाली परिवारका लागि विश्वव्यापी नवप्रवर्तनहरू लक्ष्मी इलेक्ट्रोटेकसँगको साझेदारीमार्फत प्रस्तुत गर्न उत्साहित छौं ।”

लक्ष्मी इलेक्ट्रोटेक नेपालमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय घरेलु उपकरण (होम एप्लायन्स) ब्रान्डहरूको प्रमुख विक्रेता हो भने, व्हर्लपूल अफ इन्डिया लिमिटेड विश्वभर होम एप्लायन्स उद्योगमा अग्रणी कम्पनी हो ।

कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण, नेटवर्किङ डिनर, र व्यवसायिक सहयोगलाई अझ सुदृढ पार्ने प्रयाससहित सम्पन्न भयो । यस अवसरले नेपालभर ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्ने नयाँ प्रतिबद्धतालाई झल्काएको छ । 
 

 
सोमबार, १६ भदौ २०८२, १३ : ३८

प्रतिक्रिया