एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारणसभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित

विहीबार, १९ भदौ २०८२, १२ : ०५

काठमाडौं- एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न भएको छ । 

यस सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१र०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरी ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराए।

त्यसैगरी व्यवसायतर्फ असार मसान्तसम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म ५ वटा योजना मार्फत ५ अर्व ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरेको बताए। 

क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो सेयरधनीलाई हालसम्म २९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको जनाएको छ । 

 
विहीबार, १९ भदौ २०८२, १२ : ०५

प्रतिक्रिया