स्काइवर्थले ल्यायो दशैं-तिहार अफर, ४० प्रतिशत क्यासब्याक दिने

विहीबार, १९ भदौ २०८२, १६ : ५०

काठमाडौं- केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

‘पर्वहरुको उमंग, स्काइवर्थसँग सबै दंग’ भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताले स्काइवर्थका सम्पूर्ण घरेलु उपकरणहरूमा ४० प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

अफरअन्तर्गत स्काइवर्थका स्मार्ट टिभी, रेफ्रिजेरेटर, वाशिब मेसिन, एयर कन्डिसनर र चेस्ट फ्रिज र खरिदमा छुटको सुविधा पाउने व्यवस्था गरिएको छ । यसमार्फत उपभोक्ताले चाडपर्वमा आफ्नो घरलाई अपग्रेड गर्न सहज हुने कम्पनीले जनाएको छ ।

स्काइवर्थका वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठीले भने, “पर्व भनेको परिवारसँग खुसी बाँड्ने समय हो त्यसैले स्काइवर्थले यो खुसीमा अझै खुसी थप्न ‘पर्वहरुको उमंग, स्काइवर्थसँग सबै दंग’ विशेष छुट योजना ल्याएको र यो ४० प्रतिशतसम्म क्यासब्याकको साथमा आकर्षक उपहारले हाम्रा ग्राहकहरुमा पक्कै खुसी थपिने छ ।”

यो योजना नेपालभर रहेका स्काइवर्थका सबै शोरुम तथा बिक्रीस्थलमा भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म लागू हुनेछ ।

 
विहीबार, १९ भदौ २०८२, १६ : ५०

प्रतिक्रिया