नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश घोषणा

शनिबार, २१ भदौ २०८२, १२ : ००

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो नगद लाभांश करसहित हो ।

हाल चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यो लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकलाई अनुरोध गरिएको कम्पनीले जनाएको छ । 

राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ । हाल बैंकको सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ हाराहारीमा छ ।

 
शनिबार, २१ भदौ २०८२, १२ : ००

प्रतिक्रिया