काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ११ हजार ६०० रुपैयाँमा कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य तोलामा दुई हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया