जेनजी प्रदर्शनको असर : विभिन्न बैंकका ६८ शाखा र ६९ एटीएममा क्षति

सोमबार, ३० भदौ २०८२, १७ : २५

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेनजी आन्दोलनका क्रममा विभिन्न बैंकका ६८ वटा शाखा र ६९ वटा एटीएममा क्षति पुगेका बताएका छन् । 

सोमबार अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा गभर्नर पौडेलले यो जानकारी दिएका हुन् । 

‘जेनजी प्रदर्शनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ। यद्यपि यो समय मानिसहरुको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुःखद छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ’, उनले भने ।

त्यसबाहेक बैंकिङ प्रणालीका सबै सिस्टमहरू ठिक रहेको उनको भनाइ छ । 

यस क्रममा आन्दोलनकारीले गभर्नर पौडेलको घरसमेत जलाइदिएका थिए। 

 
सोमबार, ३० भदौ २०८२, १७ : २५

प्रतिक्रिया