काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले राजस्व विवरण बुझाउने समय एक महिना थप गरेका छन् ।
मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत व्यवसायीले बुझाउनुपर्ने साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था भएको हो ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका कारण धेरै व्यवसायीमा प्रभाव परेकाले उनीहरूलाई केही राहत स्वरुप यो व्यवस्था गरिएको हो । यसका लागि सबै आन्तरिक राजस्व कार्यालयहरूमा पत्राचार गरि सकिएको छ ।
साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण असोज २५ गतेसम्म बुझाउँदा जरिवाना लाग्ने छैन।
प्रतिक्रिया