काठमाडौं- बडादसैँको पहिलो दिन आज घटस्थापनाको सार्वजनिक विदा रहेको छ ।
सार्वजनिक विदा भएपनि आज आरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज सोमबार विदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।
आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यो प्रणाली सञ्चालनमा रहनेछ। सोहीबमोजिम गर्न गराउन केन्द्रीय बैंकले बैंकहरुलाई निर्देशन दिएको छ।
प्रतिक्रिया