फुलसर्कलको आयोजनामा जोइन्ट पप-अप कार्निवल सम्पन्न, स्मार्टफोन तथा फूड ब्रान्डहरुको उत्कृष्ट सहभागिता

सोमबार, ०६ असोज २०८२, ११ : ०१

काठमाडौं– फुलसर्कलको आयोजनामा सम्पन्न भएको जोइन्ट पप–अप कार्निवलले ललितपुरलाई उत्सवमय वातावरणमा परिवर्तन गरेको छ ।  

एकदिने यस कार्निवलले १,५०० भन्दा बढी आगन्तुकलाई आकर्षित ग¥यो र सहभागीहरूले यसलाई सामान्य पप–अप बजारभन्दा निकै फरक र अविस्मरणीय अनुभवको रूपमा प्रशंसा गरे । सहभागीहरूले कार्निवललाई यसको विविधता र आकर्षक वातावरणका लागि सराहना गरे । 

हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइल उत्पादनसहितका २५ भन्दा बढी स्टलदेखि लिएर गेमिङ जोन र ब्रान्ड एक्टिभेसनसम्म, आगन्तुकहरूले यसलाई किनमेलभन्दा धेरै सांस्कृतिक उत्सवमा सहभागी भएको अनुभव गरे। प्रतिस्पर्धात्मक खेल, अद्वितीय उत्पादनहरूको खोजी, र ब्रान्डहरूसँगको सिर्जनात्मक अन्तरक्रियाले आगन्तुकहरूलाई अझै रमाइलो बनाएको आयोजकले जानकारी दिएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डहरूको प्रायोजनमा—विशेषगरी इन्फिनिक्स स्मार्टफोन र सेन्चुरी मसला तथा स्न्याक्स—र फुलसर्कलद्वारा व्यवस्थापन गरिएको यस कार्निवलले विश्वव्यापी नवीनता र स्थानीय उद्यमशीलताको उत्साहलाई जोडेको छ । २५ भन्दा बढी स्टलहरूले हस्तकला, फेसनदेखि खाद्य र टेक उत्पादनसम्म प्रस्तुत गर्दै नेपाली सिर्जनशीलताको रंगीन झलक देखाएका थिए ।

इन्फिनिक्स स्मार्टफोनले केन्द्रमा रहेर मोबाइल लिजेन्ड ब्याङ ब्याङ गेमिङ प्रतियोगिता आयोजना गरेको थियो, जसले युवाहरूमाझ उत्साह जगायो । विजेताले नयाँ हट ६० प्लस स्मार्टफोन पुरस्कार स्वरूप प्राप्त गरे । साथै, कम्पनीले आफ्नो नयाँ उपकरणहरू—गिनिज वल्र्ड रेकर्ड पाएको सबैभन्दा पातलो फोन ज्इत् टण् एचयं र गेमिङ–केन्द्रित जीटी ३० प्रो प्रदर्शन ग¥यो, जसले टेक प्रेमीहरूको ध्यान खिच्न सफल भयो । 

मुख्य प्रायोजक मध्ये अर्को, सेन्चुरी मसला र स्न्याक्सले कार्निवलमा नेपाली परम्पराको स्वाद भरेको अनुभव प्रस्तुत ग¥यो। यसको स्टलमा लोकप्रिय मसला र स्न्याक उत्पादनहरू प्रदर्शन मात्र नभई अन्तरक्रियात्मक उपहारसमेत दिइयो, जसले आगन्तुकलाई नेपाली स्वादको सम्झना दिलाएको छ । 

अन्य ब्रान्डहरूले पनि कार्निवललाई अझै उत्साहपूर्ण बनाए । हुवावेले प्रिमियम स्मार्टवाच प्रदर्शन गर्दै दशैं विशेष अफरअन्तर्गत प्रत्येक खरिदमा निःशुल्क इयरबड्स बाँड्यो । तक्षशिला एजुकेशन कन्सल्टेन्ट्सले विद्यार्थीहरूलाई मिनी–गेममार्फत संलग्न गराउँदै निःशुल्क आयल्स र पीटीई क्लास भाउचर प्रदान ग¥यो। त्यस्तै, जीजी नुडल्सले आफ्ना लोकप्रिय नुडल्स प्याकहरू बाँडेर आगन्तुकलाई खुसी बनायो भने योयोसोले आफ्ना उत्पादनहरू उपहारस्वरूप वितरण ग¥यो।

विश्वव्यापी ब्रान्ड र स्थानीय व्यवसायलाई एउटै उत्सवमय छातामुनि ल्याएर, फुलसर्कलले नेपालको सांस्कृतिक र व्यावसायिक कार्यक्रमहरूको नयाँ स्तर तय गरेको छ ।

 
सोमबार, ०६ असोज २०८२, ११ : ०१

प्रतिक्रिया