नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा २५ प्रतिशत लाभांश घोषणा

सोमबार, ०६ असोज २०८२, १४ : ००

काठमाडौं- नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १० औं वार्षिक साधारण सभा बोलाएको छ । 

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।

 
सोमबार, ०६ असोज २०८२, १४ : ००

प्रतिक्रिया