मर्चेन्ट बैंकिङ एसोशिएसन नेपालको १६ औं वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, ०७ असोज २०८२, १२ : २१

काठमाडौं- मर्चेन्ट बैंकिङ एसोशिएसन नेपालले आफ्नो १६ औं वार्षिक साधारण सभा मिति २०८२ असोज ३ गते सम्पन्न भएको छ । 

पोखरामा आयोजना गर्ने भनिएपनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो । 

काठमाडौंको एलफ्ट होटलमा सम्पन्न भएको सभामा कम्पनीका सबै मर्चेन्ट बैंकिङ संस्थाहरुका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो । 

सभाले आर्थिक वर्ष २०८१/८२ को कम्पनीका गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ । कम्पनीले नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ । 

नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो । सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ । 

साथै कार्यक्रममा पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो । 

 
मंगलबार, ०७ असोज २०८२, १२ : २१

प्रतिक्रिया