अल्ट्राबाइटले ११ औं वार्षिकोत्सवमा १३ जनालाई निःशुल्क अल्फाअक्टो सब्सक्रिप्सन दिने

मंगलबार, ०७ असोज २०८२, १६ : १९

काठमाडौं- आईटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रालिले स्थापनाको ११ वर्ष पूरा गरेको अवसरमा १२ महिनाका लागि १३ जनालाई नवीनतम बिजनेस अटोमेसन सिस्टम अल्फाअक्टोको निशुल्क सब्सक्रिप्सनको योजना सार्वजनिक गरेको छ।

‘सिम्पल इनोभेटिभ डेभलपमेन्ट’ भन्ने नाराका साथ सन् २०१४ देखि यात्रा सुरु गरेको कम्पनीले ११ वर्षको सफल व्यावसायिक यात्रा पूरा गरेको अवसरमा योजना सार्वजनिक गरेको हो। 

अल्फाअक्टो अल्ट्राबाइटले विकास गरेको एउटा डिजिटल प्लेटफर्म हो, जसले सबै प्रकारका व्यवसायका लागि CRM, HR Management, Lead Management System, Appointment System जस्ता सुविधा प्रदान गर्छ। यसले विभिन्न स्रोतबाट तथ्यांक संकलन गरेर विश्लेषण गर्छ, त्यसपछि एसएमएस इमेल र टेलिमार्केटिङमार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँछ। जसमा फलोअप, एचआर र पेरोलको पनि सुविधा रहेको छ। 

अल्ट्राबाइटले अल्फाअक्टो डटकम सँगै एजुकेसनडाइट डटकम र पेजअटर डटकममार्फत् आफ्नो सेवा विस्तार गरेको कम्पनीले एसईओ, वेब डिजाइन तथा डेभलेपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अग्मेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल मिडिया म्यानेजमेन्टसहितको क्रिएटिभ सेवा दिँदै आएको छ।

नेपालका ५ सय बढी व्यावसायिक संस्थाका वेबसाइट, सफ्टवेयर तथा एपहरु निर्माण तथा त्यसको सेवामा अनवरत लागि रहेको कम्पनीले विशेष गरी शैक्षिक परार्मश दाता, ट्राभल, ट्रेकिङ कम्पनी, हाइड्रोपावर कम्पनी, सहकारी संस्था, मिडिया कम्पनीहरुमा उत्कृष्ट पहुँचका साथ काम गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराई बताउँछन्।

स्थापना दिवसको अवसरमा कम्पनीले ग्रहाक वर्ग, कर्मचारी लगायत सरोकारवाला निकायहरुमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ। आगामी दिनमा कम्पनीले गुणस्तरीय र शुलभ सेवासहित आईटी उत्पादनमा नवीनता प्रदान गर्दै जाने कम्पनीले प्रतिवद्धता जनाएको छ।

 
मंगलबार, ०७ असोज २०८२, १६ : १९

प्रतिक्रिया