नेपाल डेरी एसोसिएसनको आयोजनाका सेन्ट जर्ज स्कुलमा विश्व स्कुल दूध दिवस कार्यक्रम सम्पन्न

बुधबार, ०८ असोज २०८२, १५ : ३३

काठमाडौं- नेपाल डेरी एसोसिएसनले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौंको हाँडिगाउँमा रहेको सेन्ट जर्ज स्कुलमा रहेका विद्यार्थीहरुलाई दूध पान गराई मनाएको छ । 

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद  दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, मनोज कुमार घिमिरे, केन्द्रीय सदस्य रमेश सन्जेल, कुल प्रसाद धमला, चेतनाथ दाहाल (केदार,) नवराज तिमल्सिना, शिव घिमिरे, रविशरण थापा, डेरी एसोसिएसन बागमती प्रदेशका कोषाध्यक्ष दिपक सन्जेल, नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरे, महासचिव श्रीकृष्ण भण्डारी, रोटरी क्लब अफ कपनका पदाधिकारीहरू लगायतका विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नेपालमा विश्व स्कूल दूध दिवस सन् २०१६ बाट नेपाल डेरी एसोसिएसनले मनाउन सुरु गरेको हो । 

world school milk day 2082

यस वर्ष ‘बालबालिकाको स्वास्थ्य त उज्ज्वल भविष्य दैनिक दूध अनिवार्य’ भन्ने नाराका साथ देशैभर एसोसिएसनका प्रदेश र जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गरि मनाएको एसोसिएसनले जानकारी दिएको छ । 

कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै यसरी स्कुलमा कार्यक्रम गरेकोमा आयोजक सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरु गर्न आग्रह गर्दै विद्यालयका प्रअ मेघराज बजगाईले आफ्नो भनाई राखेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले विश्व स्कूल दूध दिवस विश्वभर बालबालिकाले दुध सेवन गर्नबाट बन्चित हुन नपरोस् भनी मनाउन सुरु गरिएको एउटा वार्षिक कार्यक्रम भएको जानकारी दिए। जसले स्कूलमा पढ्ने विद्यार्थीले दुध किन सेवन गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउन महत्वपुर्ण भुमिका खेलिरहेको हुन्छ । यसले बालबालिकामा पोषण, स्वास्थ्य र पढाइमा सुधार ल्याउन दूधको भूमिका माथि जोड दिन्छ।  यो FAO (Food and Agriculture Organization of the United Nations) र IDF (International Dairy Federation) लगायतका संस्थाहरूले समर्थन गरि विश्वभर कार्यक्रम गरि मनाउने दिवस हो भन्ने जस्ता अत्यन्तै महत्वपूर्ण जानकारी गराए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत शंकर अधिकारीले स्कूल दुध कार्यक्रमद्वारा बालबालिकालाई नियमित रुपमा पौष्टिक दूध पहुँच सुनिश्चित गर्ने छ । पोषण अभाव, हड्डी मज़बूत राख्न, प्रोटीन, क्याल्सियम, भिटामिन तथा अन्य खनिज पदार्थहरू प्राप्त गर्न मद्दत पुर्याउने छ । शिक्षा र अध्ययन प्रदर्शन सुधार गर्ने, तागत, स्वास्थ्य राम्रो हुँदा विद्यार्थीहरू विद्यालयमा मन लागेर पढ्न सक्षम हुन्छन् भन्ने कुरा बताए ।

अर्का उपाध्यक्ष दिप प्रसाद धमलाले दुध उत्पादन र डेरी उद्योगमा संलग्न कृषकहरू र स्थानिय समुदायलाई पनि सुदृढ बनाउने अवसर जुट्ने,जनचेतना फैंलिदा खपतमा वृद्धि हुने कुरा बताउँदै आफ्नो भनाई राखेका थिए ।

कार्यक्रम एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाले  विश्वविद्यालय, सरकार, दुध उद्योग, स्कूलहरू, शिक्षक र अभिभावकहरूले विभिन्न कार्यक्रमहरु गर्ने गर्दछन् । 

दूधको स्वाद परीक्षण, विद्यालयमा दूध वितरण कार्यक्रम, पोषण शिक्षा कार्यशाला, दूधका स्वास्थ्य फाइदाहरूका बारेमा सिकाइ गर्ने गतिविधि गरिन्छ । डेरी फार्म भ्रमण वा आवासिय भ्रमण कार्यक्रमहरु गरिने गरिन्छ। सामाजिक सञ्जाल, पोस्टर, जनचेतना अभियानहरू प्रयोग गर्ने । प्रेस रिलिज तयार गरि एकदुइ दिन अगाडिबाटै विभिन्न निकायलाई दूध तथा दुग्ध पदार्थ वितरण गरि विभिन्नहरु आयोजना गरि गरिने गरिन्छ । यसरी कार्यक्रम गर्दा सबैलाई दुधको महत्त्वको बारे सबैलाई थाहा हुने कुरा बताए ।

 
बुधबार, ०८ असोज २०८२, १५ : ३३

प्रतिक्रिया