नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

विहीबार, ०९ असोज २०८२, ११ : ०७

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ८८ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार हाल उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

 
 
विहीबार, ०९ असोज २०८२, ११ : ०७

प्रतिक्रिया