सानिमा क्यापिटलले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

विहीबार, ०९ असोज २०८२, ११ : ३१

काठमाडौं- सानिमा क्यापिटल लिमिटेडले असोज ३० गते साधारणसभा बोलाएको छ । सभाकम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे बस्नेछ । 

सभाले गत आर्थिक वर्षको मुनाफा र संचित रकमबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आवको वित्तीय विवरणहरू स्वीकृति गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

 
विहीबार, ०९ असोज २०८२, ११ : ३१

प्रतिक्रिया