खाद्यले खसीबोका बिक्री नगर्ने, बुकिङ रकम उपभोक्तालाई फिर्ता गरिँदै

शुक्रबार, १० असोज २०८२, १५ : ०८

काठमाडौँ–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो ।

कम्पनीले आन्दोलन अगाडि करिब दुई हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि प्रक्रिया सुरु गरेको भए पनि केही दिन देखापरेको अन्योलको परिस्थितिले यातायात तथा आपूर्ति व्यवस्थापन सहज नभएपछि खरिद बिक्री कार्य नगर्ने निर्णय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सचिवस्तरीय बैठकबाट गरिएको हो ।

खसी–बोका खरिद गर्न चाहने केही उपभोक्ताले अनलाइनमार्फत गरेको बुकिङ रद्द भएकाले उनीहरूको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । 
 

शुक्रबार, १० असोज २०८२, १५ : ०८

प्रतिक्रिया