काठमाडौं- दसैँको अवसर पारेर ल्यान्डमार्क एजुकेसनले पतंग (चंगा) उडाउनको प्रतियोगिता “चंगा चेट” आयोजना गरेको छ ।
काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न प्रतियोगितामा ४२ जना आधिकारिक प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।
प्रतियोगिताले नेपालको पुरानो सांस्कृतिक परम्परा चंगा उडाउने चलनलाई पुनर्जीवित गर्दै दसैँको उत्सवलाई अझ आकर्षक बनाउन योगदान पुर्याएको आयोजकले जनाएको छ ।

प्रतिस्पर्धात्मक तर रमाइलो माहोलबीच आकास कार्की प्रथम हुँदै नगद १० हजार रुपैयाँको पुरस्कार प्राप्त गरे भने सृजल नकर्मीले दोस्रो स्थान हासिल गर्दै ५ हजार रुपैयाँ हात पारे ।
कार्यक्रममा बोल्दै ल्यान्डमार्क एजुकेसनका प्रबन्ध निर्देशक कुमार कार्कीले चंगा चेट प्रतियोगिता नेपालको मौलिक परम्परालाई जोगाउने प्रयास भएको बताए । “दशैंको विशेषता चंगा उडाउनमा पनि देखिन्छ, त्यसैले यसलाई निरन्तरता दिन हामीले यो पहल गरेका हौं,” उनले भने ।

साँस्कृतिक उत्सवमार्फत समुदायलाई जोड्ने र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
२५ वर्षभन्दा बढीको इतिहास बोकेको ल्यान्डमार्क एजुकेसनले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय शिक्षा यात्रामा मार्गदर्शन गर्दै आएको अग्रणी संस्था हो ।
प्रतिक्रिया