यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बुधबार, १५ असोज २०८२, ०७ : १८

काठमाडौं–नेपाल राष्ट्र बैंकले आज ९असोज १५, बुधबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । 

यस्तै आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। हिजो सोमबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम थियो । 

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११० रुपैयाँ ३५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
 

बुधबार, १५ असोज २०८२, ०७ : १८

प्रतिक्रिया