सुमेरु पोलिमर्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

बुधबार, २२ असोज २०८२, ११ : ३७

काठमाडौं- सुमेरु पोलिमर्स लिमिटेडले प्राथमिक सेसयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच नक्सालस्थित क्यापिटलको कार्यालयमा आश्विन १२ गते सम्झौता भएको हो । सम्झौतापत्रमा सुमेरु पोलिमर्स लिमिटेडका प्रबन्ध सञ्चालक दिवस घिमिरे र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । 
 

 
बुधबार, २२ असोज २०८२, ११ : ३७

प्रतिक्रिया