काठमाडौं- नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेन्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ।
केन्द्रीय बैंकले काठमाडौंको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीएम ओम मनी एक्सचेन्जको लाइसेन्स रद्द गरेको हो।
नियमअनुसार तोकिएको अवधिभित्र नवीकरण गर्न नसकेकोले ती दुई कम्पनीको लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया