मुक्तिनाथ कृषि कम्पनीद्वारा लाभांश घोषणा, हकप्रद सेयर जारी गर्ने

आइतबार, २६ असोज २०८२, १३ : २९

काठमाडौं- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ । असोज २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र लाभांश घोषणा पछि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौंमा बिहान साढे ११ बजे सातौं वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ । 

यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

 
आइतबार, २६ असोज २०८२, १३ : २९

प्रतिक्रिया