तिहार नजिकिँदै गर्दा भेटायोद्वारा ‘झिलिमिली लाइट रेन्टल प्याकेज’ सार्वजनिक

आइतबार, २६ असोज २०८२, १७ : १३

काठमाडौं- उज्यालो र खुशीको पर्व तिहार नजिकिँदै गर्दा घर–घरमा सजावटको तयारी तीव्र बन्दैछ। 

यसैबीच, अनलाइन होम–सर्भिस प्लेटफर्म भेटायोले  ‘झिलिमिली लाइट रेन्टल प्याकेज’ ल्याएको छ । जसले तिहारमा घर सजाउने झन्झटलाई सहज बनाउनेछ।

भेटायोका अनुसार, यो प्याकेज रु. ६१०० बाट सुरु हुन्छ र ग्राहकले आफ्नो घरको आकारअनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्छन्। प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ सबै समावेश छन्।

कम्पनीले भेटायोको टिमले सम्पूर्ण सजावटको जिम्मा लिने र ग्राहकले केवल उत्सवको रमाइलोमा रमाउन सक्ने बताएको छ ।

त्यस्तै, जसको आफ्नै झिलिमिली लाइट छ र केवल जडान सेवा चाहिन्छ, उनीहरूको लागि प्रति स्ट्रिप रु. ११० मा अनुभवी इलेक्ट्रीसियनद्वारा सुरक्षित रूपमा जडान गरिनेछ।

तिहार अघि घर सफा गर्ने, कपडा धुने वा प्लम्बिङ जस्ता कामका लागि पनि भेटायोले विशेष छुटको अफर सार्वजनिक गरेको छ। क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य गृह–सेवाहरूमा छुट दिइएको छ, जुन भेटायो एपबाट सजिलै बुक गर्न सकिन्छ।

 
आइतबार, २६ असोज २०८२, १७ : १३

प्रतिक्रिया