राष्ट्र बैंकद्वारा ‘मास्टर रिफ्रेन्स डकुमेन्ट’ प्रतिवेदन सार्वजनिक

सोमबार, २७ असोज २०८२, १० : २४

काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन ‘नेसनल पेमेन्ट स्विच (एनपीएस) एन्ड द नेसनल पेमेन्ट इकोसिस्टम ‘मास्टर रिफ्रेन्स डकुमेन्ट’ प्रतिवेदन सार्वजनिक गरेको छ । 

केन्द्रीय बैंकले आइतबार सो प्रतिवेदन सार्वजनिक गर्दै त्यस सम्बन्धी सरोकारवाला निकायको रायसुझाव माग गरेको हो ।

सरोकारवाला निकायले आउँदो मंसिर १० गतेभित्र आफ्नो रायसुझाव [email protected] मा पेस गर्न सक्नेछन्।

यस्ता छन् मास्टर रिफ्रेन्स डकुमेन्टका मुख्य विशेषताहरु

  • विभिन्न योजना सञ्चालक वा सञ्जालद्वारा स्थापित र कार्यान्वयन गरिएका विद्यमान भुक्तानी पूर्वाधारहरुलाई एकीकृत र उपयोग गर्ने।
  • नेपालमा अन्तरसञ्चालनयोग्य खुद्रा भुक्तानी इकोसिस्टम (कार्ड र गैरकार्ड भुक्तानी दुवैसहित) लागू गर्ने।
  • निर्वाध र कुशल सीमापार भुक्तानीहरु सुनिश्चित गर्न अन्तर्राष्ट्रिय नेटवर्क प्रदायकहरुसँग अन्तरसञ्चालनशीलता र अन्तरसम्बन्धलाई प्रवर्द्धन गर्ने।
  • आरटीजीएस प्रणाली प्रयोग गरेर केन्द्रीय बैंक मुद्रामा देशभित्रका सबै घरेलु लेनदेन (कार्ड र गैरकार्ड) को भुक्तानीलाई सहज बनाउने।

 

 
 
 
सोमबार, २७ असोज २०८२, १० : २४

प्रतिक्रिया