बाराही हाइड्रोपावरले बोलायो साधारणसभा, हकप्रद सेयर जारी गर्ने

सोमबार, २७ असोज २०८२, १० : ४०

काठमाडौं- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले लाभांश विना नै दशौं वार्षिक साधारणसभा बोलाएको छ। 

कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले कातिक २० गते भक्तपुरको सूर्यविनायकस्थित डोलेश्वर भिलेज रिसोर्टमा दिउँसो सवा १२ बजे सभा बोलाएको हो।

उक्त सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी हकप्रदबाट प्राप्त रकमको उपयोग तथा हकप्रद जारी गर्ने क्रममा आइपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ कात्तिक ९ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

 
सोमबार, २७ असोज २०८२, १० : ४०

प्रतिक्रिया