उक्त सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीमा २५ प्रतिशतका दरले पाँच करोड रुपैँया बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त साधारणसभाले आ.व. २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स ए.पि. एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।
आजको अर्थ संवाददाता
प्रतिक्रिया