नारायणी डेभलपमेन्ट बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बुधबार, २९ असोज २०८२, १० : ३३

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंकको संस्थापक समूहको १ लाख ९२ हजार ७७७ कित्ता सेयर बिक्रीमा राखिएको छ। 

यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन चितवनको भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

 
बुधबार, २९ असोज २०८२, १० : ३३

प्रतिक्रिया