लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा

आइतबार, ०२ कार्तिक २०८२, १० : १५

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आउँदो कात्तिक ३० गते साधारणसभा बोलाएको छ । 

असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि साधारणसभा बस्ने निर्णय गरेको हो । 

उक्त साधारणसभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्नेछ।

त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आउँदो कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ कात्तिक १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू बैंकको साधारणसभा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

 
आइतबार, ०२ कार्तिक २०८२, १० : १५

प्रतिक्रिया