गंगाले छाडिन् प्रचण्डको सचिवालय, आफूलाई जोडेर बुबामाथि प्रहार गरिएको गुनासो

सोमबार, ०३ कार्तिक २०८२, १४ : २२

काठमाडौं– नेकपा(माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रहेकी छोरी गंगाले आफू सचिवालयमा नरहने बताएकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले बुबा प्रचण्ड विरुद्ध आफूलाई जोडेर सदैब प्रहार गरिएको भन्दै स्वकिय सचिवमा अबदेखि नरहेको जानकारी गराएकी हुन् । 

उनले लेखेकी छिन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु। पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयमा रहेका छोरा प्रकाशको निधन भएपछि गंगाले सचिवालय सम्हालेकी थिइन् । गंगासहित प्रचण्डको प्रमुख स्वकिय सचिवको भूमिकामा पत्रकार महासंघका पूर्वउपाध्यक्ष गोविन्द आचार्य रहेका छन् । 

 
 
सोमबार, ०३ कार्तिक २०८२, १४ : २२

प्रतिक्रिया