काठमाडौं- काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई सहर विकासमा उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ।
विभिन्न क्षेत्रमा लामो अनुभव बटुलेका नागरिकलाई अवकाशपछि पनि समाज र देशको विकासमा योगदान दिने अवसर दिन यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए।
सचिवालय सदस्य बास्तोलाले भने, ‘तपाईं ४५ वर्ष पूरा हुनुभएको छ रु जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।’
कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न सकिने जनाइएको छ। महानगरले ुकामपा–सिल्भर–भोलिन्टियर–कार्यविधिु बमोजिम आवेदन आह्वान गरेको हो।
कार्यविधिमा उल्लेख भएअनुसार, यो कार्यक्रममा सहभागी हुनका लागि निम्न योग्यताहरू तोकिएका छन्ः
महानगरका अनुसार, यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई देश निर्माणमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ।
इच्छुक व्यक्तिहरूलाई कार्यक्रमका बारेमा थप जानकारी आवश्यक परे ९८४८०१८२१५ मा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
प्रतिक्रिया