मन्त्रीको शपथ लिन तयार भएका खगेन्द्र सुनार फौजदारी मुद्दाका फरार अभियुक्त !

आइतबार, ०९ कार्तिक २०८२, १३ : १३

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएको छ । दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएको छ ।

स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यस्तै उनका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ ।

 

 
 
 
आइतबार, ०९ कार्तिक २०८२, १३ : १३

प्रतिक्रिया