काठमाडौं- प्रभु बैंकको संस्थापक समूहको ४ लाख २२ हजार ८०७ कित्ता सेयर बिक्रीमा राखिएको छ।
यो सेयरमा संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्।
यसअघि ३५ दिनको सूचना निकालेर संस्थापक सेयरधनीहरु सेयर बिक्री खुला गरिएकोमा निवेदन परेको अहिले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखिएको हो।
इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिन्छ।
प्रतिक्रिया