कोरला नाकाबाट तीन महिनामा भित्रिए २६ सय २० विद्युतीय गाडी

सोमबार, १० कार्तिक २०८२, ११ : २३

काठमाडौं- उत्तरी नाका बन्द भए पनि दशैं–तिहारको लागि गत वर्षको तुलनामा यस वर्ष विद्युतीय गाडी बढी भित्रिएका छन्। रसुवागढी र तातोपानी नाका अवरोध हुँदा पनि व्यवसायीले कोरला नाकाबाट गाडी भित्र्याएका हुन्। 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा २९ अर्ब ३३ करोड रुपयाँको सवारी साधन तथा तिनका पार्टस् आयात भएका छन्। गत आर्थिक वर्ष २५ अर्ब २३ करोड रुपैयाँका सवारी साधन आयात भएका थिए।  

गत वर्ष तीन महिनामा २५ सय १६ वटा विद्युतीय कार भित्रिएका थिए। चालु आर्थिक वर्षमा २६ सय २० वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

यो अविधमा चीनबाट १९ सय ३७ वटा कार भित्रिएका छन्। गत वर्ष चीनबाट १७ सय ६५ वटा कार भित्रिएका थिए।

 
सोमबार, १० कार्तिक २०८२, ११ : २३

प्रतिक्रिया