अन्डाको मूल्य फेरि बढ्यो

सोमबार, १० कार्तिक २०८२, १३ : ३६

काठमाडौं- बजारमा अन्डाको मूल्य बढेको छ । 

नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढाएको हो । 

उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अन्डाको भाउ बढाएको हो । मूल्य बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको संघले बताएको छ  ।

अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नपर्ने संघले जनाएको छ । 

 
सोमबार, १० कार्तिक २०८२, १३ : ३६

प्रतिक्रिया