यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

मंगलबार, ११ कार्तिक २०८२, १० : १४

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८२ पैसा र बिक्रीदर १०१ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 
 
मंगलबार, ११ कार्तिक २०८२, १० : १४

प्रतिक्रिया