सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना

बुधबार, १२ कार्तिक २०८२, १० : ०६

काठमाडौं– सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।

सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । 

हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो । 

 
बुधबार, १२ कार्तिक २०८२, १० : ०६

प्रतिक्रिया