यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बुधबार, १२ कार्तिक २०८२, १० : १८

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ११ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 
बुधबार, १२ कार्तिक २०८२, १० : १८

प्रतिक्रिया