काठमाडौं- सोल्टी होटलले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १५ प्रतिशत बोनस सेयर र १६.५८ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
लाभांश पारित गर्न सोल्टी होटलले आफ्नो ५१ औँ वार्षिक साधारणसभा आउँदो मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको त्रिभुवन आर्मी अफिर्स क्लबमा बिहान १० बजेदेखि हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि मंसिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर ५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया