काठमाडौं- सरकारसँग पहिलोपटक राजनीतिक दल र जेनजी प्रतिनिधिहरूको वार्ता सुरु भएको छ ।
प्रतिनिधिसभा निर्वाचन वातावरण निर्माण गर्ने उद्देश्यका साथ प्रधानमन्त्री निजास बालुवाटारमा वार्ता सुरु भएको हो ।
बैठकमा जेनजीका तर्फबाट १३ जना, राजनीतिक दलका तर्फबाट १६ जना र प्रधानमन्त्री सुशीला कार्कीसहित २ जना मन्त्री सहभागी छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए ।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । सरकारले फागुन २१ का लागि निर्वाचन तोकेको छ ।
प्रतिक्रिया