मन्त्रीको शपथ लिन तयार भएका खगेन्द्र सुनार ५० हजार धरौटीमा छुटे

विहीबार, १३ कार्तिक २०८२, १६ : ३४

काठमाडौं- विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ ।

काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश गरेका हुन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए ।

मन्त्रीमा सिफारिस भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।

 
 
विहीबार, १३ कार्तिक २०८२, १६ : ३४

प्रतिक्रिया