पार्टी एकताबारे निर्णय गर्न माओवादी सचिवालय बैठक बस्दै

शनिबार, १५ कार्तिक २०८२, ०९ : ३०

काठमाडौं– पार्टी एकताबारे निर्णय लिन नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने बताइएको छ । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

 
शनिबार, १५ कार्तिक २०८२, ०९ : ३०

प्रतिक्रिया