खराब मौसमका कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान स्थगित

शनिबार, १५ कार्तिक २०८२, १० : ३२

काठमाडौं- खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ। 

बिहीबारदेखि भएको निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो । 

पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ । 

 
शनिबार, १५ कार्तिक २०८२, १० : ३२

प्रतिक्रिया