काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट घटेर आएपछि निगम सञ्चालक समितिको शुक्रबारको बैठकले निगमले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।
निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ।
डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ।
डिजेल र मट्टितेलको नयाँ मूल्य शुक्रबार राति १ बजेदेखि लागू भएको छ ।
प्रतिक्रिया