दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, १६ कार्तिक २०८२, १० : २८

काठमाडौं- सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने आज कार्तिक १६ गते अन्तिम दिन रहेको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकले कात्तिक १७ गते, एक दिनका लागि बुकक्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा चौबीसौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, सिटिजन्स बैंकले भने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

 
आइतबार, १६ कार्तिक २०८२, १० : २८

प्रतिक्रिया