गुरु ट्राभल्सलाई ट्रिपएडभाइजरद्धारा ‘ट्राभल्स च्वाइस अवार्ड २०२५’ प्रदान

आइतबार, १६ कार्तिक २०८२, १३ : १९

काठमाडौं- नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रियस्तरको ‘ट्राभल्स च्वाइस अवार्ड २०२५’ प्राप्त गरेको छ । यो सम्मानले आफूहरुलाई विश्वका शीर्ष १० प्रतिशत उत्कृष्ट ट्राभल कम्पनीहरूमध्ये एकको रूपमा मान्यता दिएको कम्पनीको भनाई छ ।

‘ट्रिपएडभाइजर’को यो वार्षिक पुरस्कार विश्वभरका यात्रुहरूको अनुभव र समीक्षाका आधारमा प्रदान गरिन्छ । यसले उत्कृष्ट सेवा, ग्राहक सन्तुष्टि र गुणस्तरीय यात्राको निरन्तर प्रतिबद्धता देखाउने कम्पनीहरूलाई सम्मान गर्ने गुरु ट्राभलको भनाई छ ।

गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेल भन्छन्, ‘ट्रिपएडभाइजरद्वारा प्रदान गरिएको यो सम्मान हाम्रो टिमको मिहिनेत र ग्राहकहरूको विश्वासको नतिजा हो । यसले हामीलाई अझ गुणस्तरीय सेवा दिन र नेपाली पर्यटनलाई विश्वमा फैलाउन थप प्रेरणा दिएको छ ।’ 

उनका अनुसार गुरु ट्राभल्स लिमिटेडले पारदर्शी मूल्य प्रणाली, व्यक्तिगत सेवा, अत्याधुनिक प्रविधि र विश्वसनीय बुकिङ प्रणालीमार्फत पर्यटन व्यवसायमा नयाँ स्तर स्थापना गरेको छ । कम्पनीले देशभित्रका र अन्तर्राष्ट्रिय टुर प्याकेजहरू, हवाई टिकटिङ, होटल बुकिङ, भिसा सेवा, सम्मेलन तथा इभेन्ट व्यवस्थापन एमआईसीई  र सवारी भाडा सेवा लगायतका सम्पूर्ण यात्रा सम्बन्धी सुविधाहरू एकै स्थानबाट उपलब्ध गराउँदै आएको छ ।

त्यसका साथै, गुरु ट्राभल्सले नेपालभित्रका सांस्कृतिक, धार्मिक र प्राकृतिक यात्रासँगै अन्तर्राष्ट्रिय रोटरी, लायन्स, एमआईसीए र कर्पोरेट टुर कार्यक्रमहरूसमेत सफलतापूर्वक सञ्चालन गरेको धरेलले बताएका छन् । यो अन्तर्राष्ट्रिय मान्यता नेपालका लागि गर्वको विषय बनेको भन्दै उनले गुरु ट्राभल्सको विश्वसनीय ब्रान्ड पहिचानलाई अझ मजबुत बनाएको बताएका छन् । 

 
आइतबार, १६ कार्तिक २०८२, १३ : १९

प्रतिक्रिया