महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

सोमबार, १७ कार्तिक २०८२, ११ : ०८

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि समेत गरी ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

 
सोमबार, १७ कार्तिक २०८२, ११ : ०८

प्रतिक्रिया