काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष निर्मल ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नेपाल सरकारको कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारीहरू उपस्थित रहेका थिए ।
प्रतिक्रिया